नगर स्वास्थ्य योजना कार्यान्वयनमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिकरण र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अभ्यासहरुको आपसी सिकाई कार्यशाला सम्पन्न

नेपाल नगरपालिका संघ (MuAN) को आयोजना तथा जर्मन विकास संस्था (GIZ) नेपालको आर्थिक सहयोगमा स्वास्थ्य क्षेत्र रणनीति सहयोग कार्यक्रम परियोजना अन्तर्गत स्थानीय तहमा समावेशी स्वास्थ्य सेवा प्रवाह, लैंगिक उत्तरदायी योजना–बजेट प्रणाली, तथा समग्र स्थानीय शासन सुधारलाई सुदृढ गर्न उद्देश्य राखी “Peer-to-Peer Learning / Community of Practice (CoP) on GEDSI Strategy and Gender Responsive Budgeting (GRB)” कार्यक्रम २०८२ मङ्सिर ०२ – ०३ गते लुम्बिनी प्रदेशको नेपालगन्ज उप-महानगरपालिकामा कार्यशाला सम्पन्न भएको छ । 

नेपालगन्जमा आयोजित कार्यशालामा नेपालगन्ज, घोराही, तुलसीपुर उपमहानगरपालिका, राजापुर, बारबर्दिया, कोहोलपुर, मधुबन, गुलरिया, बासगढ़ी, ठाकुरबाबा गरी १० नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखा प्रमुख, सामाजिक बिकाश समिति संयोजक र सदस्यहरु सहित ३२ जनाको सहभागिता रहेको थियो l उक्त कार्यशालामा सहभागीहरूले स्वास्थ्य सेवामा Gender Equality, Disability and Social Inclusion (GEDSI) दृष्टिकोण प्रभावकारी रूपमा लागू गर्ने उपाय, आधारभूत स्वास्थ्य सेवामा समावेशी सेवा विस्तार, अपांगता–मैत्री तथा लैंगिक उत्तरदायी सेवा प्रवाह, र स्वास्थ्य बजेटमा GRB अभ्यासलाई संस्थागत गर्ने उपायहरूबारे अनुभव आदान–प्रदान गरिएको थियो l 


नगर स्वाथ्य सचेतना अभिवृद्धि कार्यशाला