नगर स्वाथ्य सचेतना अभिवृद्धि कार्यशाला

नेपाल नगरपालिका संघ (MuAN) को आयोजना तथा  जर्मन विकास संस्था (GIZ) नेपालको आर्थिक सहयोगमा स्वास्थ्य क्षेत्र रणनीति सहयोग कार्यक्रम परियोजना अन्तर्गत दुई दिने नगर स्वाथ्य सचेतना अभिवृद्धि कार्यशाला २०८२ साउन १३ र १४ गते लुम्बिनी प्रदेशको नेपालगन्ज उप-महानगरपालिकामा सम्पन्न भएको छ ।  नगर स्वास्थ्य क्षेत्रको सस्थागत क्षमता अभिवृद्धि गर्ने र बहुक्षेत्रीय समितिको कार्यसम्पादन बिकाश  सुदृढ  गर्ने मुख्य उद्देश्य सहितको कार्यशालामा परियोजना केन्द्रित नेपालगन्ज, त्रिवेणी र पन्चदेवल विनायक तथा घोराही उपमहानगर, कोहोलपुर, मधुबन, गुलरिया, बासगढ़ी, ठाकुरबाबा नगरपलिकाबाट नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखा प्रमुख, सामाजिक बिकाश समिति संयोजक र सदस्यहरुको सहभागिता रहेको थियो।


नगर स्वास्थ्य योजना कार्यान्वयनमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिकरण र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अभ्यासहरुको आपसी सिकाई कार्यशाला